आश्रम पुगेर मुख्यमन्त्री सिंहले गरे तिहारको शुभकामना आदानप्रदान
शुक्रबार, १६ कात्तिक २०८१, १८ : ३७
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आश्रमहरूमा पुगेर तिहारको शुभकामना आदानप्रदान गरेका छन् । शुक्रबार उनले जनकपुरधामस्थित विभिन्न आश्रमहरूमा पुगेर तिहारको शुभकामना आदानप्रदान गरेका हुन् ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार सिंहले जनकपुरधामको मानवसेवा आश्रम, कबीर बाल आश्रम र जानकी वृद्धाश्रम पुगेर शुभकामना आदानप्रदान गरेका हुन् ।
तिहार उज्यालो तथा भाइचाराको पर्व रहेकाले आफन्तसँग रमाइलो गर्न नपाएकाहरूसँग खुसी साटासाट गर्न तीनवटै आश्रममा गएको मुख्यमन्त्री सिंह बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण