नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको बताएका छन् । इजिप्टको कायरोमा भएको विश्व अर्बान फोरममा सहभागी भई शनिवार स्वदेश फर्किएका सिंहले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जलवायु परिवर्तनको असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराइएको र जलवायु न्यायमा विश्व अर्बान फोरम सकारात्मक देखिएको बताएका हुन् ।
युएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधिसँगको छलफलमा पनि जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्नेमा आफूले प्रस्ताव राखेको उनले बताए ।
सिंहले युएन ह्याबिटेटले आगामी दिनमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न इच्छुक देखाएको बताए । आगामी वर्षमा युएन ह्याबिटेटका नयाँ कार्यक्रमहरू नेपालमा सञ्चालन हुने जानकारी पाएको उनको भनाई छ ।
विश्व फोरममा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रमा सम्बोधन गरेका थिए भने उनले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण