हमास–इजरायलबिच मध्यस्थताबाट किन पछि हट्यो कतार ?
वासिङ्टन डिसी । कतारले इजरायल र हमासबिच युद्ध विराम र बन्धकहरूको रिहाइसम्बन्धी सम्झौतामा मध्यस्थता गर्ने कामलाई अस्थायी रूपमा बन्द गरिदिएको छ । रिपोर्टका अनुसार हमास र इजरायलले वार्ताका लागि ‘इच्छा’ देखाएपछि मात्रै फेरि मध्यस्थताको काम सुरु गर्ने कतारी अधिकारीहरूले भनेका छन् । कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत दुवै पक्षलाई सम्झौता भएन भने हमास र इजरायलबिचको मध्यस्थताको प्रयास रोकिदिने १० दिन अगाडि नै बताएको थियो ।
किन पछि हट्यो कतार ?
कतारले इजरायल र हमासबिच मध्यस्थता गर्न अस्वीकार गर्ने कदम अमेरिकाले कतारमा हमासका प्रतिनिधिको उपस्थिति कदापि स्वीकार नगर्ने बताएको केही दिनपछि उठाएको छ । हमासले गाजामा युद्ध विरामको प्रस्ताव अस्वीकार गरेको अमेरिकाले आरोप लगाएको थियो । यस्तोमा कतारमा हमास प्रतिनिधिको कुनै आवश्यकता छैन । हमासले सन् २०१२ देखि कतारको राजधानी दोहामा आफ्नो राजनीतिक कार्यालय सञ्चालन गर्दै आएको छ । चाखलाग्दो कुरा के छ भने, हमासको यो कार्यालय पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनको अनुरोधमा स्थापना भएको थियो ।
कतार पछि हट्नुको सबैभन्दा ठुलो कारण अमेरिकी दबाब भएको कूटनीतिक विज्ञहरू बताउँछन् । राम्रो विश्वासमा सम्झौता गर्न अस्वीकार गरेकोले दोहामा हमासको राजनीतिक कार्यालय बन्द गर्न भन्ने कुरामा कतार अमेरिकासँग सहमत भएको भन्दै कयौँ समाचार एजेन्सीले समाचार छापेका थिए । तर मिडियामा आएका यी खबरहरू तथ्यगत रूपमा सही नभएको कतारको विदेश मन्त्रालयले बताएको छ । हमासका अधिकारीहरूले पनि यी दाबीहरूलाई अस्वीकार गरेका छन् ।
अमेरिकाको दबाबमा किन आयो कतार ?
अमेरिका र कतारबिच गहिरो रणनीतिक र कूटनीतिक सम्बन्ध छ । कतार सानो देश भएपनि अमेरिकाको प्रमुख सहयोगी हो । यहाँ एक प्रमुख अमेरिकी एयरबेस पनि छ । यसअघि पनि कतारले इरान, तालिबान र रुससँग धेरै संवेदनशील राजनीतिक वार्ता र मध्यस्थता गरेको थियो । कतारले तिक्तता देखाउनुको पछाडि अन्य धेरै कारणहरू रहेको बताइएको छ ।
ट्रम्पको आगमनसँगै दबाब बढ्ने निश्चित
अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि कतारमाथि दबाब बढ्ने रणनीतिक विज्ञहरू बताउँछन् । जनवरीमा राष्ट्रपतिको कुर्सी सम्हालेपछि मध्यपूर्वलाई लिएर ट्रम्पको नीति कस्तो हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन । तर उनले इजरायललाई आफ्नै सर्तमा काम गर्न अनुमति दिन सकिने सङ्केत गरिसकेका छन्। ट्रम्पले हालै एक विज्ञप्ति जारी गर्दै इजरायलले गाजामा जे सुरु गरेको छ त्यसलाई अन्त्य गर्नुपर्ने बताएका थिए । यस्तो अवस्थामा उनी इजरायलको साथमा दृढताका साथ उभिने स्पष्ट छ । यस्तो अवस्थामा हमासलाई निकाल्न कतारमाथि दबाब पनि बढ्नेछ ।
हमासले कतार छोड्यो भने ऊसामु के–के विकल्प हुन्छन् ?
बीबीसीको रिपोर्टका अनुसार यदि हमासले दोहाबाट आफ्नो राजनीतिक कार्यालय सार्यो भने ऊसामु दुई वटा विकल्प हुनेछन् – इरान र टर्की । तर इरानमा यसले पश्चिमी देशहरूको कूटनीतिक च्यानल पाउनेछैन । टर्कीमा फाइदा चाहिँ यही हुनेछ कि ऊ नाटोको सदस्य हो । गत वर्ष मात्र टर्कीका राष्ट्रपतिले हमास नेता इस्माइल हानिया र प्रतिनिधिमण्डलको न्यानो स्वागत गरेका थिए । यसबाट पनि टर्कीले हमासप्रति गहिरो सहानुभूति राखेको अनुमान हुन्छ । मिडिया रिपोर्टका अनुसार हमासका धेरै ठुला नेताहरू इस्तानबुलमा बस्छन् । यस्तो अवस्थामा हमासले आफ्नो राजनीतिक कार्यालय टर्कीमा लैजाने सम्भावना बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)
-
गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा
-
एनपीएलमा पार्किङ शुल्क उठाएको भन्दै त्रिवि स्ववियु कार्यालयमा ताला
-
नेपालको सान्त्वना जित, अफगानिस्तानलाई एक विकेटले हरायो
-
परीक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले माग्यो सुझाव
-
डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने लक्ष्मी सनराइज बैंकद्वारा अभियान सुरु