दुर्घटना
जाजरकोटमा फोर्स गाडी दुर्घटना, १७ जना घाइते
सोमबार, २६ कात्तिक २०८१, १२ : ०९
जाजरकोट । जाजरकोटमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार साढे ११ बजेतिर भएको दुर्घटनामा अहिलेसम्म १७ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी, प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए ।
बा ५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो ।
२१ जना सवार रहेको गाडीमा १७ जना घाइते भएको र उनीहरुको उद्दार गरी कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको तिमिल्सिनाले बताए । गाडी सडकबाट ५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण