शंखधर साख्वा प्रेरणादायी व्यक्तित्व : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताएका छन् ।
शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साख्वाले तत्कालीन नेपाली समाजमा सामाजिक सुधारकका रूपमा अतुलनीय योगदान गरेको बताए । साख्वा सामाजिक न्यायका पक्षपाती रहेको पनि सिंहले बताए ।
उपप्रधानमन्त्री सिंहले तत्कालीन समयमा नेपालीलाई ऋणमुक्त बनाउन योगदान गरेका साख्वा सामाजिक न्यायको पक्षपाती रहेको भन्दै धर्म संस्कृतिप्रति पनि उनको उत्तिकै योगदान रहेको चर्चा गरे । साख्वाको योगदानको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि सिंहले स्मरण गरे ।
२०६५ कात्तिक ७ गतेबाट साख्वाले प्रवर्तन गरेको नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ । लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शंखधरले जनताको ऋणमोचन गरेको इतिहास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपकराज गिरीको कटाक्ष : गणतन्त्र बागमती जस्तै हो
-
जगेडामा रहेका १४ उपसचिवको सरुवा र काज
-
अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीमाथि कठोर बन्यो ट्रम्प प्रशासन
-
आन्दोलनमा आएका राजावादीलाई आवागमनमा बाधा उत्पन्न गरिएको आरोप
-
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा
-
गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ : प्रधानमन्त्री ओली