शंखधर साख्वा प्रेरणादायी व्यक्तित्व : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताएका छन् ।
शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साख्वाले तत्कालीन नेपाली समाजमा सामाजिक सुधारकका रूपमा अतुलनीय योगदान गरेको बताए । साख्वा सामाजिक न्यायका पक्षपाती रहेको पनि सिंहले बताए ।
उपप्रधानमन्त्री सिंहले तत्कालीन समयमा नेपालीलाई ऋणमुक्त बनाउन योगदान गरेका साख्वा सामाजिक न्यायको पक्षपाती रहेको भन्दै धर्म संस्कृतिप्रति पनि उनको उत्तिकै योगदान रहेको चर्चा गरे । साख्वाको योगदानको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि सिंहले स्मरण गरे ।
२०६५ कात्तिक ७ गतेबाट साख्वाले प्रवर्तन गरेको नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ । लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शंखधरले जनताको ऋणमोचन गरेको इतिहास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण