मुलुकलाई आर्थिक रूपमा सबल बनाउन उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रूपमा सबल बनाउनको लागि उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजना भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री सिंहले निजी क्षेत्र र सरकार दुवैले उत्पादनमूलक क्षेत्रमा जोड दिन आवश्यक रहेको बताए । उनले उत्पादनको क्षेत्रले नेपालको जिडीपीमा पुर्याएको योगदानमा कमी आइरहेको बताए । उनले उत्पादन क्षेत्रले जिडीपीमा पुर्याएको योगदानमा वृद्धि गर्न उत्पादनमूलक उद्योगहरूमा जोड दिनुपर्ने बताए ।
मन्त्री सिंहले ऊर्जा उत्पादनमा लागेर उत्पादनमूलक क्षेत्रमा आवश्यक विद्युत् सप्लाई गर्नुसक्नुपर्ने बताए । उनले विद्युतको लागि ट्रान्समिसन लाइनदेखि अन्य सबै कम्पोनेन्टमा नेपालमा बनेका सामान राखेर गर्नसके राम्रो परिणाम दिने बताए । उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारले निजी क्षेत्रले दिएका सुझावलाई ध्यान दिएर कार्यान्वयनमा जोड दिइरहेको बताए ।
उनले भने,‘नेपालमा सबैले उत्पादनको क्षेत्रमा जोड दिनुपर्छ । उत्पादनको क्षेत्रले नेपालको जिडीपी पुर्याएको योगदानमा कमी आइरहेको छ । त्यसलाई स्तरवृद्धि गर्नको लागि उत्पादनमूलक उद्योगहरूमा जोड दिनुपर्छ ।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्र चलायमान बनाउने इन्जिन भएको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउने इन्जिनलाई सरकारले प्राथमिकता अझै दिन नसकेको भन्दै गुनासो गरे ।
अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकता राखेर काम गर्यो भने मात्रै समग्र रूपमा आर्थिक समृद्धि प्राप्त हुने उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको छाता संस्थाहरूले खेलेको भूमिकाको मूल्याङ्कन हुनुपर्ने बताए ।
अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघले मुलुकका वैदेशिक लगानी प्रवर्द्धनको लागि निरन्तर रूपमा काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
-
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
-
ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
-
फेरि हारबाट जोगियो म्यान्सिटी
-
इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया
-
कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई