भारतमा नेपाली मूलका सिंह बने अंधेरी पूर्व विधानसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार
काठमाडौँ । नेपाली मूलका पहलसिंह धनसिंह आउजी भारतको निर्वाचनमा उम्मेदवार बनेका छन् । अछामको प्रभाकोटमा जन्मिएका आउजी १६६ अंधेरी पूर्व विधानसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका हुन् ।
भारतको महाराष्ट्रस्थित मुम्बईमा विगत लामो समयदेखि स्थायी बसोबास गर्दै आएका उनी समाजसेवी र सफल व्यवसायीका रूपमा परिचित छन् । सोहीअनुसार उनी महाष्ट्रको विधानसभामा स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव चिह्न ट्युबलाइट लिएर अंधेरीको विधानसभा १६६ निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।
उनले मतदाताको विश्वास र आफ्नो कामका आधारमा चुनावी मैदानमा खडा भएको जानकारी दिए । उक्त निर्वाचन आगामी डिसेम्बर २० मा हुँदैछ ।
२०३५ सालमा रोजगारीका लागि भारत आएका उनी सन् २०१२ देखि स्थानीय राजनीति र सामाजिक सेवामा संलग्न रहँदै आएका छन् । यसअघिका निर्वाचनमा पनि उनले निर्वाचनमा आफ्नो उम्मेदवारी दिँदै आएपनि जित भने हात पार्न सकेका छैनन् ।
भारतमा नेपाली समूदायबीच परिचित उनले आफूलाई यो निर्वाचनमा जिताउन सबैसँग आग्रह गरेका छन् । सोहीअनुसार उनले आफ्नो चुनाव प्रचार प्रसार समेत गरिरहेका छन् ।
-आरबी खड्काबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण