गोरखा–५ मा १० जनाले गराए उम्मेदवारी दर्ता
पोखरा । गोरखा नगरपालिका वडा नम्बर ५ को अध्यक्ष पदका लागि हुने स्थानीय तह उपनिर्वाचनका लागि १० जनाले उम्मेदवारी दिएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर १० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा एमालेबाट दुर्गा माया थापा राना, नेकपा माओवादी केन्द्रबाट बिष्णुबहादुर मगर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै एकीकृत समाजवादीबाट खडबहादुर भुजेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्पना राना, नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रूप सिंह रानाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए ।
त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सविना तामाङले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र मंसिर ५ गते दिउँसो एक बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्न सकिने जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण