वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न प्रभु साहको माग
वीरगन्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जलाई आर्थिक राजधानी घोषणा गरी त्यसै अनुसार विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
मुलुकमै सबैभन्दा बढी आर्थिक कारोबार हुने, बढी उद्योगधन्दा भएको वीरगन्ज क्षेत्रलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने उनको भनाइ थियो ।
मुलुकको ८० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन यही क्षेत्रबाट हुँदै आइरहेको भए पनि यस क्षेत्रको विकासमा राज्यले चासो नदिएको उनले बताए ।
आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज पर्साको निचुटामा आयोजित आमसभालाई सम्बोधन गर्दै साहले ओली सरकारकै कारण सीमावर्ती क्षेत्रका नागरिकले दुख पाईरहेको आरोप लगाए
‘नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतबाट घरेलु प्रयोगका लागि केही समान ल्याउँदा उनीहरूको निजी सम्पत्ति नै लुट्ने, जफत गर्ने, कब्जा गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सीमावर्ती क्षेत्रमा भन्सार नखोल्ने, भएको भन्सार कार्यालयको स्तरोन्नति नगर्ने वर्तमान सरकारले केवल सीमावर्ती क्षेत्रका नागरिकलाई दुख मात्रै दिइरहेको छ । सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार कार्यालय दिनुपर्यो । उनीहरू कुनै समान ल्याइरहेका छन् भने उनीहरूबाट भन्सार लिनु, नकि उनीहरुको निजी सम्पत्ति नै जफत गर्ने अधिकार यो सरकारलाई छैन ।’
कमिसनको लोभमा निजी सम्पत्ति लुट्ने गरिएको बताउँदै उनले त्यसको हिस्सा तलदेखि माथिसम्मकाले बाँडेर खाने गरेको आरोप लगाए । सीमावर्ती क्षेत्रका नागरिकको निजी सम्पत्ति लुटेर भन्सारको कानूनमा ४५ प्रतिशत कमिसन खाने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले यसका बिरुद्धमा कडा आन्दोलनको आवश्यकता भएको बताए ।
प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न असफल भएको बताउँदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतंक मचाइएको समेत दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण