अनुहारमा बेसार लगाउने सही तरिका कुन हो ?
काठमाडौं । आफ्नो छाला बेदाग देखियोस् भन्ने त सबै चाहन्छन् । अनुहारमा कुनै पनि दागले सौन्दर्यमा बाधा गर्न सक्छ । यस्तो अवस्थामा मानिसहरू आफ्नो छालालाई राम्रो बनाउन धेरै घरेलु उपायको सहारा लिन्छन । यिनै मध्ये एक हो, बेसार । बेसारमा एन्टिब्याक्टेरियल गुण पाइन्छ, जसले छालाको चमक बढाउन मद्दत गर्छ ।
तर, यसको गलत प्रयोगले छालालाई हानी पनि पुग्न सक्दछ । के तपाईलाई यो कुरा थाहा छ ? बेसारको सही प्रयोग गर्नुभयो भने तपाईं आफ्नो छालाको सौन्दर्य कायम राख्न सक्नुहुन्छ । आजको यस लेखमा हामी, अनुहारमा बेसार लगाउने सही तरिकाबारे कुराकानी गर्नेछौंः
बेसार शुद्ध हुनुपर्छ
तपाई आफ्नो अनुहारमा बेसार लगाउने सोचमा हुनुहुन्छ भने यसको शुद्धता अवश्य जाँच गर्नुहोला । मिलावटजन्य बेसारको प्रयोगले छालालाई फाइदाको सट्टा उल्टै हानी पुर्याउन सक्छ ।
प्याच टेष्ट
बेसार लगाउनुअघि प्याच टेस्ट गर्नुहोस् । प्याच परीक्षणको लागि पहिले यसलाई छालाको सानो भागमा लगाउनुहोस् । यसले तपाईंको छालालाई बेसारबाट एलर्जी छ छैन भन्ने थाहा हुन्छ । त्यसपछि पूरै छालामा यसलाई लगाउन सकिन्छ ।
मात्रा
बेसारमा प्राकृतिक रंग हुन्छ । त्यसैले यसलाई सीमित मात्रामा प्रयोग गर्नुपर्छ । अन्यथाः छाला पहेँलो देखिनेछ ।
लामो समय सम्म बेसार लगाएर नबस्ने
बेसारको फेसप्याकलाई १०–१५ मिनेटभन्दा बढी राख्नुहुनन । लामो समयसम्म राखिरहँदा छाला पहेँलो हुन सक्छ । कहिलेकाहीँ यसले अनुहारमा डन्डीफोर पनि निम्त्याउन सक्छ ।
अस्वीकरणः (यस लेखमा दिइएको जानकारी रोग र स्वास्थ्य सम्बन्धी समस्याबारे सामान्य जागरूकता ल्याउने उद्देश्यले मात्रै दिइएको हो । यो चिकित्सा रायको विकल्प होइन । यहाँ दिइएको जानकारी प्रयोगमा ल्याउनुअघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण