सेयर बजार
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
बिहीबार, ०६ मङ्सिर २०८१, १५ : १२
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३१.३१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो दिन बजार परिसूचक १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा झरेको हो ।
आज बजारमा सेयर बजारमा १ करोड ८४ लाख कित्ता सेयर किनबेच भयो । जसबाट ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज बजारमा कारोबार भएका कुल २४४ वटा कम्पनीमध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने चार वटाको मूल्य स्थिर रहेको छ ।
आज सामुदायिक लघुवित्त र त्रिस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज बजारमा रहेका १३ मध्ये सबै उपसमूहको सूचक घट्दा सबैभन्दा धेरै फाइनान्स समूह २.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण