भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ पूर्णरुपमा सफल भएको बताउँदै छिट्टै नै अन्य प्रदेशमा समेत अभियान सञ्चालन गर्ने उदघोष गरेका छन् ।
आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ अभियानको समापनका क्रममा उनले मधेस भ्रष्टाचारविरुद्ध लडन तयार रहेको बताए । पूर्णरुपमा सफल भ्रष्टाचारविरुद्धको अभियान अब छिटै नै अन्य प्रदेशहरुमा समेत चल्ने उनले सुनाए ।
अभियानका दौरान देखिएको जनसहभागिताबाट उत्साही आजपाले भ्रष्टाचारीलाई जनकारवाही गर्नुपर्नेमा जोड दिएको छ । भ्रष्टाचारीले मुलुकको ढुकुटी रित्याएको, नेपाली जनतामाथि ऋण थोपरेको, मनोमानी कर बढाएकाले जनतामा जनचेतना जगाउन यस्ता अभियानको आवश्यक्ता रहेको आजपाको जिकिर छ ।
मुलुकमा बढदै गएको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगीविरुद्ध आजपाले निरन्तर अभियान चलाउने निष्कर्ष निकालेको छ ।
आजपा प्रवक्ता एवं उपमहासचिव चन्द्रभुषण साहका अनुसार भ्रष्टाचारविरुद्धको मधेस यात्रा कार्यक्रम सप्तरीबाट सुरु भएर पर्सा पुगेर समापन भएको हो । सप्तरीको राजविराजबाट सुरु भएको यात्रा पर्साको निचुटा पुगेर आमसभा गरेर सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको कार्यक्रम मंसिरमा १ गते सुरु भएको थियो ।
भ्रष्टाचारविरुद्ध मधेसमा अभियान चलाइरहेका बेला आजपाले काठमाडौंमा तीनै तहको सरकारको मनोमानी करविरुद्ध प्रदर्शन गरेको थियो । मधेस र काठमाडौंमा एकैपटक छुट्टा–छुट्टै दुई कार्यक्रम गरेको आजपाले अब छिट्टै अन्य प्रदेशमा समेत विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
अभियानका क्रममा आमसभा, अन्तरक्रिया, बैठक, भेलाका साथै विभिन्न कार्यक्रमहरु गर्ने गरिएको आजपा नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण