कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले किसानहरूलाई ध्यानमा राखेर काम गर्न कृषि विकास बैंकलाई सुझाव दिएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको स्मारिका वित्तीय सन्देशको शुक्रबार विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालका लागि कृषिको महत्त्व धेरै नै रहेको भन्दै उनले किसानको आर्थिक अवस्था सुधार्न आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिए । ‘कृषि नेपालका लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा त सबैले थाहा पाएकै विषय हो । नेपाललाई कृषि प्रधान देश भनेर हामी भन्छौँ । कृषि प्रधान देशमा किसानहरूको वित्तीय अवस्था सुधार गर्नमा कृषि विकास बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कुरा देशव्यापी रूपमा सबैलाई थाहा भएकै कुरा हो’, उनले भने, ‘०४६ सालको परिवर्तनपछि खुला अर्थतन्त्रको नीति अगाडि बढेपछि थुप्रै निजी बैंकहरु आइसकेको छ । समयको मागलाई बुझेर त्यसमा प्रतिस्पर्धा गर्नसक्ने गरेर कृषकहरूलाई ध्यानमा राखेर कृषि विकास बैंकले आफूलाई अगाडि बढाउने कुरामा जोड दिनुपर्छ ।’
उनले कृषि विकास बैंकलाई सेवाग्राहीहरूलाई सहज रूपमा सेवा प्रदान गर्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण