आजपाले बोलायो स्थायी कमिटी बैठक
आइतबार, ०९ मङ्सिर २०८१, १६ : २४
काठमाडौं। आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक बोलाइएको छ। राजधानीको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबारका लागि तय भएको बैठकले आन्दोलनका बारेमा विभिन्न निर्णय गर्ने अध्यक्ष प्रभु साहले जानकारी दिए ।
आजपाले बेथिति र भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ भने दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनमा जोड दिँदै आएको छ ।
आजपाले हालै `भष्टाचार विरुद्ध मधेस यात्रा´ कार्यकम सम्पन्न गरेको थियो। भ्रष्टाचार एवं अनियमितताको बारेमा भएको मधेस यात्रा कार्यक्रमको पनि बैठकमा समीक्षा हुने बताइएको छ। उक्त अभियान पूर्ण रुपमा सफल भएको बताउँदै साहले भ्रष्टाचार विरुद्ध जनजागरण अभियान अन्य प्रदेशमा समेत छिट्टै आयोजना गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण