संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
आइतबार, ०९ मङ्सिर २०८१, १९ : ४३
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको संभलमा जामा मस्जिदमा सर्वेक्षणका क्रममा बवाल हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाका एसपीले यसको पुष्टि गरेका छन् ।
प्रहरी अधिकारीका अनुसार यस घटनामा दुई महिला समेत केही मानिसलाई पक्राउ गरिएको छ । महिलाहरूले छतबाट ढुंगा प्रहार गरेको प्रहरीको भनाई छ ।
करिब ३ सय जनाको भीड भएको र यिनीहरूले प्रहरीलाई निशाना बनाएर ढुंगा हानेको प्रहरीले बताएको छ । शनिबार बिहान अदालतको आदेशमा एउटा टोली त्यहाँ सर्वेक्षण गर्न पुगेको थियो । त्यसपछि मानिसहरूले ढुंगाा हान्न थाले । यस पछि प्रहरीले अश्रुग्याँस प्रहार गरे । त्यसपछि प्रदर्शनकारीहरूले आगजनी सुरु गरे । घटनाको समयमा एसपी समेत कयौँ प्रहरी घाइते भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण