विपन्नलाई ठण्डीबाट बचाउन पूर्वतयारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले ठण्डी र चिसोबाट विपन्न र बाढी पहिरो प्रभावितलाई सुरक्षित हुने व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।
‘शीतलहरको कहरबाट बचाउन मुख्यतः तराई मधेसका वस्तीहरू, देशैभरिका विपन्न जनताका वस्तीहरू र भूकम्प तथा बाढी र पहिरो पीडित जनसमुदायहरूलाई ठण्डी मौसमबाट सुरक्षित राख्न नेपाल सरकारले पूर्व तयारी गर्न जरुरी छ’, प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
साथै राज्यका अंगहरू गृह मन्त्रालय, प्रदेश र स्थानीय सरकारहरू सम्बद्ध अन्य सम्पूर्ण संघ–संस्थाहरू सम्पूर्णलाई बेलैमा सजग र तयारी अवस्थामा राख्ने, बन्दोवस्तीका सामग्रीहरूको व्यवस्था मिलाउने र सम्भावित ठाउँहरूमा पठाउने जस्ता कामहरूमा अहिलेदेखि नै लाग्न जरुरी रहेको जनाएको छ ।
‘यी कामहरूमा सरकारले पर्याप्त ध्यान देओस् र पूर्वतयारी गरोस् भन्नका लागि यो ध्यानाकर्षणपत्र सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष पेस गरेका छौँ’, विभागले भनेको छ ।
प्रधानमन्त्रीले ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिएको नेता भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण