लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
मङ्गलबार, ११ मङ्सिर २०८१, १३ : ३१
काठमाडौँ । कुथली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि लाभांश घोषणा गरेको थियो । बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो ।
सोमबार १० प्रतिशतको सेयर बोनस घोषणा भएपछि मंगलबार यसको सेयर किन्ने धेरै देखिए । जसले गर्दा कारोबार सुरु भएको दुई घण्टा नपुग्दै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५४ रुपैयाँ बढेको छ । १० प्रतिशतले मूल्य बढ्दै आज कुथली बुखरीको सेयर मूल्य प्रतिकित्ता २७९३ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ छ । जसबाट लगानीकर्ताहरूले १ करोड २१ लाख ८६ हजार बराबरको लाभ पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण