बीआरआई अनुदानमा लिने हो ऋण थप्ने होइन : प्रकाशमान सिंह
पोखरा । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले चीनसँग अनुदानकै रूपमा बीआरआई सम्झौता हुने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले ऋण लिनु अहिलेको अवस्थामा राम्रो नभएको भन्दै अनुदानमा कांग्रेसले जोड दिएको बताए ।
‘ऋणको लागि ऋण लिनु चाहिँ राम्रो होइन । परियोजनाको छनोट राम्रो हुनुपर्यो । न्यायोचित तवरले बीआरआईको सम्झौता हुन्छ,’ उनले भने, ‘कांग्रेसको जोड अनुदानमा हो । कांग्रेस र एमालेले संयुक्त टिम बनाएर फ्रेमवर्क बनाउने भन्ने छ । चीन जाँदा त्यही डकुमेन्ट लैजाने हो ।’
नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपालले चाहे अनुसारका बुँदामै बीआरआईमा सहमति जनाउने बताए । ‘इस्युहरु उठिरहेको छ । तर नेपालले चाहे अनुसार बुँदा राखेर अवधारणापत्र बनाएका छौँ । त्यसलाई हेरेर के गर्दा राम्रो हुन्छ भन्नेमा हामी छलफल गर्छौं,’ उनले अघि थपे, ‘अर्थतन्त्र र विकासकै काममा लगानी गर्ने हो । बाटो, टनेल, ट्रेन नेटवर्किङमा जोड दिएका छौँ ।’
चीन भ्रमण र बीआरआईका कारण सरकार नढल्ने उनको प्रस्टोक्ति छ । ‘परिचर्चा कुन कुनाबाट कसले के गर्छ आफ्नो ठाउँमा छ । प्रधानमन्त्री ज्यूले काङ्ग्रेससँग भएको सहमति पालना गरेरै जान्छु भन्नुभएको छ ।
चुनावको समयमा सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाज्यूले लिनुहुन्छ,’ सरकार ढल्ने आशङ्काबारे पत्रकारले गरेको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले भनेको कुरा चर्चामा नहुने, कहाँबाट के भन्छ त्यसको चर्चा हुन्छ । समझदारी अनुसार नै सरकार अगाडी बढिरहेको छ । कुनै समस्या छैन ।’
उनले पोखरा एयरपोर्ट सञ्चालनका लागि सरकार गम्भीर रहेको बताए । अर्को प्रसङ्गमा सिंहले सहकारी ठगीमा जोसुकै भए पनि कारबाही भएरै छाड्ने बताएका छन् । उनी भन्छन्, ‘जोसुकै होस्, एबिसिडी पार्टीको एबीसीडी नेता तथा कार्यकर्ता तथा आमजनतालाई जे नियम हुन्छ, त्यही बराबर हुन्छ । रुल अफ ल पालना गर्नुपर्छ ।’
रविको पक्राउ पूर्वाग्रह र प्रतिशोध नभई कानुनी शासन भएको उनले सुनाए । ‘के को पूर्वाग्रह ? अरूलाई नगरीकन एउटै पार्टीको एउटै नेतालाई गरेको भए पो पूर्वाग्रह हुने हो । सबैलाई गरिराखेको छ । रुल अफ ल भनेको सबैलाई समान हुन्छ,’ अघि भने, ‘एकथरिलाई गर्नै हुँदैन भन्ने छ । सामाजिक सञ्जालमा आएपछि यसलाई छोड्न हुँदैन भन्नु त भएन नि ।’
विभिन्न सहकारीको रकम हिनामिना भएकोमा ६ सय जनाभन्दा बढीलाई केस चलाएर अनुसन्धानमा राखिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण