‘पुरुषवादी सरकारले महिलालाई अधिकार दिन चाहेन’
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चा केन्द्रीय कमिटीका अध्यक्ष कुमारी बबिताले सरकारले महिलामाथि विभेद गरेको आरोप लगाएकी छन् ।
आम महिला मोर्चा काठमाडौँ उपत्यका विशेष कमिटीको आज कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बबिताले यस्तो आरोप लगाएकी हुन् । राज्यको हरेक क्षेत्र एवं अङ्गमा महिलाको ५१ प्रतिशत सहभागिता हुनुपर्ने माग उनले गरिन् ।
‘संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार हुने भनिएको छ । तर त्यो व्यवहारमा लागु छैन । सरकारले महिलाहरूसँग विभेद गरिरहेको छ,’ बबिताले भनिन्, ‘जनसंख्याका आधारमा महिलालाई राज्यको हरेक क्षेत्र एवं अङ्गमा ५१ प्रतिशत सहभागिता गराउनुपर्छ । तर यो पुरुषवादी सरकारले महिलालाई अधिकार दिन चाहेको छैन । यस्तो अवस्थामा हामीले आन्दोलन गर्नुको विकल्प पनि छैन ।’
महिलाको सम्मान, अधिकारका लागि आम महिला मोर्चाले देशैभरि आन्दोलनको नेतृत्व गर्न आवश्यक रहेको उनले बताइन् । बैठकमा सहभागी महिलालाई आफ्नो अधिकार सुरक्षित गर्न आन्दोलनका लागि तयार रहन आह्वान समेत गरेकी छन् ।
यस्तै बैठकले आजपाद्वारा जारी आन्दोलनलाई सशक्त बनाउने बारेमा निर्णय गरेको छ । सरकारको मनोमानी कर आतङ्क, वैदेशिक रोजगारीका नाममा भएका बेथिति विरुद्धमा हुने आन्दोलन लगायतका कार्यक्रमलाई सशक्त बनाउँदै महिला अधिकारका लागि समेत आन्दोलनको विकल्प नभएको निष्कर्ष बैठकले निकालेको छ ।
आम महिला मोर्चा काठमाडौँ उपत्यका विशेष कमिटीका अध्यक्ष ममता साहको अध्यक्षतामा सम्पन्न बैठकमा आजपाका महासचिव त्रिभुवन साह, सचिव एवं महिला मोर्चाका इन्चार्ज देवी पण्डित रेग्मी, उपत्यका इन्चार्ज रञ्जु साह, सचिव देव कुमारी, कोषाध्यक्ष मिना देवी साह लगायतको विशेष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण