आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको नेतृत्व रहेको ६ प्रदेशका मुख्यमन्त्री बने केन्द्रीय सदस्य

मङ्गलबार, ०८ जेठ २०७५, १३ : ५८
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं– ६ वटै प्रदेशका मुख्यमन्त्री नेकपाको केन्द्रीय सदस्य बनेका छन् ।  दुई नम्बर बाहेकका प्रदेशमा नेकपाको सरकार रहेको छ । 

प्रदेश नम्बर १ मा शेरधन राई मुख्यमन्त्री रहेका छन् । तत्कालिन एमालेको पोलिटब्यूरो सदस्य रहेका   उनी  नेकपाको केन्द्रीय सदस्य बनेका छन् । 

यस्तै  डोरमणि पौडेल प्रदेश नं ३ का मुख्यमन्त्री छन् ।  यसअघि तत्कालिन एमालको अंचल कमिटी सदस्य रहेका उनी नेकपाको केन्द्रीय सदस्यमा पर्न सफल भएका छन् । 

पृथ्वीसुब्बा गुरुङ ४ नं प्रदेशका मुख्यमन्त्री हुन । उनी एमालेको स्थायी समिति सदस्य र संगठन विभाग प्रमुख थिए  । उनी नेकपाको केन्दीय समितिमा छन् । 

यस्तै  ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि केन्द्रीय सदस्य बन्न सफल भएका छन् ।  उनी यसअघि एमालेको स्थायी समिति सदस्य थिए । 

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री  महेन्द्रबहादुर शाही पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् । 

यसअघि उनी माओवादीका केन्द्रीय सदस्य थिए । 

यस्तै प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट ७ पनि केन्द्रीय सदस्य बनन सफल भएका छन् । यसअघि  पनि उनी  तत्कालिन माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप