एमालेकाे जग्गा विवाद : दरपिठ बदर गर्ने न्यायाधीशको इजलासमा पेसी
काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवाद न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको छ। व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । यसअघि मङ्सिर १० गते पनि यो विवाद न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो ।
२०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन । अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो । दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो । दरपिठ सदर गरेका न्यायाधीश श्रेष्ठकै इजलासमा पेसी परेकाले सुनुवाइ नहुन पनि सक्ने देखिन्छ । त्यस्तै उक्त मुद्दा भन्दा माथि धेरै मुद्दा भएकाले सुनुवाइ हुने सम्भावना न्यून छ ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए। यसअघि पनि पटकपटक पेसी तोकिने तर स्थगित हुँदै आएको थियो । २०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।
सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले गर्याे अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार
-
हार के हो ? नेदरल्यान्ड्सलाई सोध
-
लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन (फोटोफिचर)
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
-
गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
-
युएनडीपीले भन्याे– पश्चिम एसिया द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण