नेपाल डीपी लिमिटेड र लुम्बिनी लायन्सबिच प्रायोजन सम्झौता
आइतबार, १६ मङ्सिर २०८१, २० : ४८
काठमाडौँ । नेपाल डीपी लिमिटेडले नेपाल प्रिमियर लिगको लागि लुम्बिनी लायन्स फ्रेन्चाइजसँग साझेदारी गरेको छ । नेपाल डीपी लिमिटेड फ्रेंचाइजको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ ।
सम्झौतामा हस्ताक्षर नेपाल डीपी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अञ्जन राज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा भएको थियो ।
प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केटको बारेमा जनचेतना सिर्जना गर्नु हो । नेपाल डीपी लिमिटेडले यसको प्रवर्द्धक स्टक ब्रोकिङ्ग कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिगको अवधिमा आफ्ना सेवाहरूमा विशेष योजनाहरू पनि घोषणा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण