सोहेलको घातक बलिङ, १ सय ११ रनमै समेटियो काठमाडौँ गुर्खाज
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार खेलिएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई जितका लागि एक सय १२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको हो ।
काठमाडौँ गुर्खाजनका ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर ब्याट्सम्यान माइकल लेभिटले २५ रनको योगदान गरे । उनले १६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका सुमित महर्जनले पनि २९ रन बनाए । टोली अप्ठ्यारो स्थितिमा रहँदा सुमितले ४१ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए ।
_AERQcvlAfa.jpg)
डन डउथवेटले पनि टोलीको खातामा अविजित १९ रन थपे । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले १८ बलको सामना गरी दुई चौका हिर्काए ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका ब्याट्सम्यान शंकर रानाले १६ रन बटुले । उनले १७ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए ।
काठमाडौँ गुर्खाजका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । काठमाडौँ गुर्खाजले अतिरिक्त रूपमा आठ रन पायो । दीपेश कँडेल एक रनमा अविजित रहे ।
चितवन राइनोजबाट खेलिरहेका पाकिस्तानका तीव्र गतिका बलर सोहेल तनवीरसामु काठमाडौँ गुर्खाजका ब्याट्सम्यानहरू निरीह देखिए । ३९ वर्षीय बायाँहाते बलर तनवीरले पाँच विकेट लिए ।
तनवीरले चार ओभरमा केवल २१ रन खर्चिए । उनले काठमाडौँ गुर्खाजका ओपनर ब्याट्सम्यान स्टिफन एस्किनाजी (दुई रन), माइकल लेभिट, भीम सार्कीलाई (एक रन), कप्तान करण केसी (एक रन) र साहब आलम (एन रन) को विकेट लिए ।
चिनवन राइनोजका बलर रिजन ढकाल, कुशल मल्ल, अमरसिंह रौतेला र लुक बेनकेन्स्टाइनले पनि एक–एक विकेट हात पारे । इङ्ल्यान्डको यू–१९ टोलीका सदस्य २० वर्षीय लुक दक्षिण अफ्रिकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर डेल बेनकेन्स्टाइनका छोरा हुन् ।
जारी एनपीएलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजले आफ्नो पहिलो खेल खेलिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण