दुई वटा सुई लगाउँदा निको होला त एड्स रोग ?
काठमाडौँ । एड्सको असर शारीरिक रूपमा जति हुन्छ त्यो भन्दा धेरै सामाजिक रूपमा हुन्छ । आज पनि कसैलाई एचआइभी/एड्स भयो भने उसलाई धेरै नराम्रो दृष्टिले हेरिन्छ । तर अब भने यो डरको सबै निशानहरू मेटिने भएको छ । औषधि बनाउने कम्पनी गिलियाडले एउटा खोप तयार गरेको छ, जसलाई वर्षमा दुई पटक लगाउँदा एड्स पूरै हट्नेछ । महिलामा गरिएको परीक्षणमा यो शतप्रतिशत सफल भएको छ ।
पुरुषमा पनि यसको असर हुने विश्वास गरिएको छ । एचआइभी रोकथाममा यो सुई शतप्रतिशत प्रभावकारी रहेको र यसलाई विश्वभर प्रयोगमा ल्याइने हो भने छिट्टै विश्वबाट एड्स निर्मूल हुने कम्पनीको विश्वास छ । संयुक्त राष्ट्रसङ्घ (यूएन)ले सन् २०३० सम्ममा विश्वबाट एड्स र एचआइभी उन्मूलन गर्ने प्रतिबद्धता लिएको छ । यस सन्दर्भमा गिलियडको यो खोप चमत्कारी साबित हुन सक्नेछ । कम्पनीले यो खोपलाई लेन्कापभिर नाम दिएको छ ।
वर्षमा दुई पटक लगाउनु पर्नेछ सुई
यो खोप निकै सस्तो हुने र यसको जेनेरिक संस्करण पनि उपलब्ध हुने गिलियाडले बताएको छ । यो औषधिलाई एचआइभी दर निकै उच्च भएको लगभग १२० गरिब देशहरूमा पठाइनेछ । यो सूचीमा हिजोआज एचआइभी दर बढेको ल्याटिन अमेरिकी देशहरू पनि छन् । यो खोज अभूतपूर्व भएको एड्सबारे संयुक्त राष्ट्रसङ्घका कार्यकारी निर्देशक विनी बयानिमयोले बताइन् । एड्स विरुद्धको सुई जत्तिको प्रभावकारी अरू कुनै औषधि नभएको र यो अचम्मको भएको पनि उनले भनेकी छिन् ।
विनी बयानियेमाले यसका लागि गिलियड कम्पनीलाई बधाई दिँदै यो औषधिमा विश्वभरबाट एड्सलाई निर्मूल पार्ने क्षमता रहेको पनि उनले बताइन् । यो औषधि पहिले नै अमेरिका, क्यानडा र युरोपमा सनलेन्का नामबाट बिक्री भइरहेको छ । औषधिले अन्य देशमा मान्यता प्राप्त गर्न पर्खिरहेको छ । यो औषधि वर्षमा दुई पटक सुईबाट लगाउनुपर्नेछ । यो गरिब देशहरूका लागि धेरै सहयोगी साबित हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो
-
स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे
-
शिक्षालाई १ नम्बरमा राखेर लगानी गर्न सरकार तयार : मन्त्री भट्टराई
-
यी हुन् हमासले दोस्रो चरणमा रिहा गर्न लागेका चार इजरायली बन्धक
-
दलित मुसहर परिवारमा शीतलहरको कहर
-
प्रहरीका २५ एसएसपीको पदस्थापन