कोशीमा भण्डारी नयाँ मन्त्री नियुक्त, अझै एक मन्त्रालय खाली
विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनले पद तथा गोपनीयताको शपथग्रहण सोमबार साँझै गरिसकेका छन् । यसअघि उक्त मन्त्रालयका मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएका थिए ।
भण्डारी एमालेका संसदीय दलका प्रमुख सचेतक पनि हुन् । कानुनी पृष्ठभूमिका अधिकारी मन्त्री रहेको आन्तरिक मामिला मन्त्रालयमा कानुनी पृष्ठभूमि भएकै भण्डारी मन्त्री बनेका हुन् । सुनसरी २ (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी संविधानसभा सदस्य पनि रहिसकेका छन् ।
कोशी सरकारमा नेपाली कांग्रेसको भागमा रहेको स्वास्थ्य मन्त्रालय भने खाली छ । उक्त मन्त्रालय भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले हेर्दै आएका छन् । कांग्रेसको आन्तरिक किचलोको कारण सो मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन नसकेको हो ।
कांग्रेसले स्वास्थ्य मन्त्रालय डा. शेखर कोइराला समूहको लागि छुट्याएको छ । तर, कोइराला समूहले २ मन्त्रालय दिनुपर्ने माग गर्दै मन्त्रीको नाम नदिएकाले सरकार विस्तार हुन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
-
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
-
नर्वेले फ्रान्सविरुद्ध हार्नकै लागि खेलेको थियो, किन दियो १० खेलाडीलाई आराम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण