नेपाल प्रिमियर लिग क्रिकेट
पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने
मङ्गलबार, १८ मङ्सिर २०८१, १२ : ५८
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार खेलिने दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
पोखरा एभेन्जर्स र चितवन राइनोजबिचको खेल दिउँसो १३ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । जारी एनपीएलमा चितवन राइनोजले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो ।
पोखरा एभेन्जर्सले भने आफ्नो पहिलो खेल खेल्न लागेको हो । मंगलबारको खेलमा चितवन राइनोज लगातार दोस्रो जितको खोजीमा हुनेछ । अर्कोतिर, पोखरा एभेन्जर्स प्रतियोगितामा सुखद सुरुवात गर्ने धुनमा रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण