नेपाल प्रिमियर लिग क्रिकेट
पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने
मङ्गलबार, १८ मङ्सिर २०८१, १२ : ५८
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार खेलिने दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
पोखरा एभेन्जर्स र चितवन राइनोजबिचको खेल दिउँसो १३ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । जारी एनपीएलमा चितवन राइनोजले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो ।
पोखरा एभेन्जर्सले भने आफ्नो पहिलो खेल खेल्न लागेको हो । मंगलबारको खेलमा चितवन राइनोज लगातार दोस्रो जितको खोजीमा हुनेछ । अर्कोतिर, पोखरा एभेन्जर्स प्रतियोगितामा सुखद सुरुवात गर्ने धुनमा रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार