चिनियाँ उपप्रधानमन्त्री र झलनाथ खनालबिच छलफल
काठमाडौँ । साताव्यापी चीन भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चिनियाँ उपप्रधानमन्त्री दिङ छुएस्याङसँग भेटवार्ता गरेका छन् ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको छलफल तथा भेटवार्ताका क्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणका सन्दर्भमा छलफल भएको बताइएको छ ।
छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलिया लगायत देशका पूर्वप्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी रहेका थिए । छलफलमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्सँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई)को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबिच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको खनालको निजी सचिवालयले जनाएको छ ।
करिब तीन घण्टाको भएको सामूहिक छलफलका क्रममा उपप्रधानमन्त्री छुएस्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया ४६ वर्षमा सुधारको प्रक्रियाबारे प्रकाश पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण