एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँले कर्णाली र लुम्बिनीले विराटनगरसँग प्रतिस्पर्धा गर्दै
बुधबार, १९ मङ्सिर २०८१, ०६ : ३९
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा कर्णाली याक्स, काठमाडौँ गुर्खाज आमने सामने हुने भएका छन् ।
बिहान ९ः१५ बजे सुरु हुने यो खेलमा कर्णाली र काठमाडौँ दुबै पहिलो जितको खोजीमा हुनेछन् । यी दुवैले प्रतियोगिताको सुरुवात हारबाट गरेका थिए । काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो भने कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
त्यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउसो १ः१५ बाट सुरु हुनेछ ।
लगातार दुई खेल गुमाएको विराटनगर जित्नै पर्ने दबाबमा हुनेछ । यता लुम्बिनी भने जितबाट प्रतियोगिताको सुरुवात गर्ने योजनामा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण