एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँले कर्णाली र लुम्बिनीले विराटनगरसँग प्रतिस्पर्धा गर्दै
बुधबार, १९ मङ्सिर २०८१, ०६ : ३९
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा कर्णाली याक्स, काठमाडौँ गुर्खाज आमने सामने हुने भएका छन् ।
बिहान ९ः१५ बजे सुरु हुने यो खेलमा कर्णाली र काठमाडौँ दुबै पहिलो जितको खोजीमा हुनेछन् । यी दुवैले प्रतियोगिताको सुरुवात हारबाट गरेका थिए । काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो भने कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
त्यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउसो १ः१५ बाट सुरु हुनेछ ।
लगातार दुई खेल गुमाएको विराटनगर जित्नै पर्ने दबाबमा हुनेछ । यता लुम्बिनी भने जितबाट प्रतियोगिताको सुरुवात गर्ने योजनामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
-
ढिला गरी सुरु भएको जय ट्रफी फाइनलमा भुर्तेलको अर्धशतक
-
एपीएफले सजिलै हरायो कर्णालीलाई
-
संविधान संशोधनका लागि मोर्चाबन्दीको कसरतमा मधेसवादी दल
-
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्
-
कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा