नेपाल प्रिमियर लिग क्रिकेट
धवनले धमाल मच्चाउँदा, तस्बिरहरू
बुधबार, १९ मङ्सिर २०८१, ११ : ४८
![धवनले धमाल मच्चाउँदा, तस्बिरहरू](https://npcdn.ratopati.com/media/news/dhawan_r51mtb6Qxx.jpg)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई जितका लागि एक सय ५० रनको लक्ष्य दिएको छ ।
टस हारी ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको हो । कर्णाली याक्सका लागि अनुभवी ब्याट्सम्यान शिखर धवनले अर्धशतक बनाए ।
ओपनर ब्याट्सम्यान धवनले टोलीका लागि ७२ रनको योगदान गरे । उनी भारतीय राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् । जारी एनपीएलमा बनेको यो छैटौँ अर्धशतक हो ।