हारको शृङ्खला अन्त्य गर्ने विराटनगरको लक्ष्य, लुम्बिनीको पहिलो खेल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल बुधबार हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउसो १ः१५ बाट सुरु हुनेछ ।
लगातार दुई खेल गुमाएको विराटनगर जित्नै पर्ने दबाबमा हुनेछ । यता लुम्बिनी भने जितबाट प्रतियोगिताको सुरुवात गर्ने योजनामा हुनेछ ।
विराटनगर किङ्स एमएडी ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा रहेको छ । एमएडी ड्रिम्स स्पोर्टस प्रालिले एक करोड ५१ लाख रुपैयाँमा विराटनगर किङ्सको स्वामित्व खरिद गरेको हो । विराटनगर किङ्सको मार्की खेलाडी सन्दीप लामिछाने हुन् । विराटनगर किङ्सका प्रमुख प्रशिक्षक केभिन ओ ब्रायन हुन् ।
यसैगरी, लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालीले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो । लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् । लुम्बिनी लायन्सका प्रमुख प्रशिक्षक नन्दन फड्निस हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण