कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ : सिंह
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिकामा सम्पन्न उपनिर्वाचनको परिणामले नेपाली कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश प्रवाह भएको बताएका छन् । कीर्तिपुरमा आज आयोजित सभामा उनले कीर्तिपुरले राजनीतिक रूपमा देशलाई नै सन्देश दिएको बताए ।
“राजधानीको कीर्तिपुरजस्तो ठाउँ, जहाँ विश्वविद्यालय छ । राजनीतिक रूपमा सचेत ठाउँ । यहाँबाट कांग्रेसको दिन अब झन् सुदृढ हुँदैछ भन्ने सन्देश गएको छ”, उनले भने, “नगर प्रमुख र दुई वटा वडाध्यक्षको नतिजाले कांग्रेस अहिले पनि जनताको हृदय र मनमा रहेछ भन्ने कुरा देखाएको छ ।”
कांग्रेसका पूर्वमहामन्त्री सिंहले कीर्तिपुरमा प्रमुखका लागि ११ जना रहे पनि पार्टीले उम्मेदवारको निर्णय गरेपछि सबै एकताबद्ध भएर लाग्दा परिणाम पार्टीका पक्षमा आएको भन्दै कांग्रेस एकताबद्ध भए नतिजा राम्रो आउँछ भन्ने कीर्तिपुर मोडल नै स्थापित भएको उनको भनाइ थियो ।
त्यस्तै, उनले पार्टीमा सङ्गठन गर्नेहरूले मौका पाइएन भनेर गुनासो गर्ने गरेको चर्चा गर्दै पार्टीमा धैर्यता गरे दिन आउने र त्यसको उदाहरण नगर प्रमुख कृष्णमान डङ्गोल भएको बताए । “सङ्गठन गर्दाखेरि धैर्यता पनि राख्नुपर्ने रहेछ, पार्टीको सङ्गठनमा लागिरहनुपर्छ । धैर्यता राखेपछि मौका आउँछ”, उनले भने ।
कार्यवाहक प्रधानमन्त्री सिंहले कीर्तिपुरका नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाहरूलाई सम्बोधन गर्नेगरी काम गर्न सुझाव पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण