साँगा–जगाती सडकखण्डमा टिपरले ठक्कर दिँदा ३ जनाको मृत्यु
बुधबार, ०९ जेठ २०७५, १६ : ३३
भक्तपुर–भक्तपुरको अरनिको राजर्मागको साँगा जगाती सडक खण्ड अन्र्तगत पलाँसेमा टिपरले स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ ।
काभ्रेबाट काठमाडौंतर्फ आइरहेको बा ३ ख ६६७४ नम्बरको टिपरले सोही दिशामा आइरहेको बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।
मृत्यु हुनेमा भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका १ लोकन्थली बस्ने बर्ष ५० का हरिबहादुर कटुवाल, दोलखा मेलुङ्ग घर भई हाल मध्यपुर थिमी १ बस्ने बर्ष ४२ का सविता घिमिरे र सविताकै छोरा बर्ष १३ का अरबिन घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपरका चालक फरार भएको र टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण