बीमा कम्पनीका सीईओको हत्यामा संलग्न अभियुक्त अदालतमा पेस
पेन्सिलभेनिया । संयुक्त राज्य अमेरिकाको युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रायन थमसनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले सोमबार पेन्सिलभेनियाको अदालतमा पेस गरेको छ। अदालतले अभियुक्त लुइगी मङ्गियोनीको जमानतको निवेदन खारेज गरेको हो ।
प्रहरीले लुइगी मङ्गियोनीलाई सीईओ ब्रायन थमसनको हत्यामा संलग्न रहेको बताएको छ । उनीमाथि जालसाजी र लाइसेन्स बिना बन्दुक राखेको आरोपमा अभियोग लगाएको छ । पेन्सिल्भेनियाका अधिकारीहरूले न्यूयोर्क प्रहरीले चाँडै हत्याको अभियोग दायर गर्ने अपेक्षा गरेका छन्।
मङ्गियोनीलाई सोमबार बिहान अल्टोना, पेन्सिलभेनियामा एक रेस्टुरेन्टका ग्राहकले पहिचान गरेका थिए । ग्राहकले यसबारे एक कर्मचारीलाई बताए । त्यसपछि प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो ।
ब्रायन थमसन अमेरिकाको सबैभन्दा ठूलो निजी बीमा कम्पनीका सीईओ थिए। उनको बुधबार म्यानह्याटनमा हत्या भएको थियो ।
थमसनले सन् २००४ मा कर्पोरेट विकास निर्देशकका रूपमा कम्पनीमा काम गर्न थालेका थिए । उनी अप्रिल २०२१ मा सीईओ बनेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार