बीमा कम्पनीका सीईओको हत्यामा संलग्न अभियुक्त अदालतमा पेस
पेन्सिलभेनिया । संयुक्त राज्य अमेरिकाको युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रायन थमसनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले सोमबार पेन्सिलभेनियाको अदालतमा पेस गरेको छ। अदालतले अभियुक्त लुइगी मङ्गियोनीको जमानतको निवेदन खारेज गरेको हो ।
प्रहरीले लुइगी मङ्गियोनीलाई सीईओ ब्रायन थमसनको हत्यामा संलग्न रहेको बताएको छ । उनीमाथि जालसाजी र लाइसेन्स बिना बन्दुक राखेको आरोपमा अभियोग लगाएको छ । पेन्सिल्भेनियाका अधिकारीहरूले न्यूयोर्क प्रहरीले चाँडै हत्याको अभियोग दायर गर्ने अपेक्षा गरेका छन्।
मङ्गियोनीलाई सोमबार बिहान अल्टोना, पेन्सिलभेनियामा एक रेस्टुरेन्टका ग्राहकले पहिचान गरेका थिए । ग्राहकले यसबारे एक कर्मचारीलाई बताए । त्यसपछि प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो ।
ब्रायन थमसन अमेरिकाको सबैभन्दा ठूलो निजी बीमा कम्पनीका सीईओ थिए। उनको बुधबार म्यानह्याटनमा हत्या भएको थियो ।
थमसनले सन् २००४ मा कर्पोरेट विकास निर्देशकका रूपमा कम्पनीमा काम गर्न थालेका थिए । उनी अप्रिल २०२१ मा सीईओ बनेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण