स्थायी समिति बैठक
स्थानीय तह उपनिर्वाचनले दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस र एमालेको योजना असफल बनायो : माओवादी
शुक्रबार, २८ मङ्सिर २०८१, १९ : ५८
काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने नेपाली कांग्रेस र एमालेको योजनालाई असफल पारेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले कांग्रेस र एमालेको योजनालाई असफल बनाएको निष्कर्ष निकालेको हो ।
‘स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजनालाई खण्डित गरेका छ । चुनावी नतिजाले अन्य कुरामा पनि सरकारमाथि दबाब सिर्जना गरेको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यस्तै माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकालेको छ । ओली सरकार देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको भन्दै माओवादीले आपत्ति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण