स्थायी समिति बैठक
माओवादीको केन्द्रीय समिति बैठक सर्यो
शुक्रबार, २८ मङ्सिर २०८१, १५ : ३३
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो ।
खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकको तयारीका लागि माओवादी केन्द्रले पुस १८, १९ र २० गते स्थायी कमिटीको बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण