सिंह र बोहरा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस
शुक्रबार, २८ मङ्सिर २०८१, २१ : १६
काठमाडौँ । गृह मन्त्रालयले दुईजना प्रहरी नायव महानिरीक्षकलाई प्रहरी अतिरिक्त महाननिरीक्षकमा बढुवा सिफारिस गरेको छ ।
मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत दुर्गा सिंह र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत भरतबहादुर बोहोरालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।
उनीहरुलाई सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको गृहमन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण