अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
मङ्गलबार, ०२ पुस २०८१, ०१ : ३९
काठमाडौं । अमेरिकाको विस्कन्सिनमा रहेको एक स्कुलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शहरका प्रहरी प्रमुख शोन बार्नेसले विस्कन्सिन राज्यको राजधानी म्याडिसनमा रहेको एम्बुन्डेन्ट लाइफ क्रिश्चियन स्कुलमा भएको गोलीबारीमा मारिनेमा एक संदिग्ध किशोर समेत रहेका छन् ।
अधिकारीहरु घटनास्थल पुग्नुभन्दा पहिल्यै आक्रमण गर्ने संदिग्ध मारिएको र जो स्कुले छात्र समेत रहेको बताइएको छ । प्रहरीले स्थानीयलाई सतर्क गराएको र अनुसन्धानका लागि स्कुलसँगैको सडक बन्द गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार संस्था एजुकेशनविकका अनुसार यो वर्ष मात्रै हालसम्म अमेरिकाभर स्कुलमा ३८ गोलीबारीका घटना भएका छन्, जसमा कयौंको मृत्यु र कयौं घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण