रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन

पोखरा । सामाजिक सञ्जालमा सार्वजनिक भएको रवि लामिछानेको हिरासतभित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन भएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।
समितिले ३ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलले जानकारी दिए । ‘समिति गठन भएको छ । समितिले सत्यतथ्य पत्ता लगाएर तीन दिनभित्र प्रतिवेदन दिन्छ,’ उनले भने ।
घटनाको प्रकृति हेर्दा प्रहरीको तर्फबाट गम्भीर लापरबाही भएको देखिने उनले बताए । ‘घटना हेर्दा प्रहरीको तर्फबाटै गम्भीर लापरबाही भएको देखिन्छ । घटना घटाउने व्यक्ति आइडेन्टिफाइ भैसकेको छ,’ उनले भने, ‘कसको गल्ती भएको हो छानबिनले देखाउँछ । गलत गर्नेलाई एक्सन लिन्छौँ ।’
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले छानबिन आन्तरिक रूपमा सुरु भैसकेको बताए । कास्की प्रहरी परिसरभित्र ६ वटा हिरासत कक्ष छन् । २० वटा सीसीटीभी क्यामेराले ती हिरासत कक्षलाई कन्ट्रोल गरेको छ । लामिछाने हिरासतको ‘सिंगल’ कोठामा छन् ।
सार्वजनिक भएको तस्बिर डिसेम्बर १४ तारिखको दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेण्ड जाँदा खिचेको देखिन्छ । तस्बिर सार्वजनिक भएपछि एकातिर मानवअधिकार हनन् र अर्कोतिर प्रहरी परिसरको सुरक्षा थ्रेटलाई उदांगो बनाएको सुरक्षाका जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले एसीसीको कुनै पनि प्रतियोगिता नखेल्ने, एसिया कपको भविष्य पनि अन्यौलमा
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरुको शिष्टाचार भेट
-
विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि सरकारले केही गर्न सकेन भनिरहेका छन् : प्रमुख सचेतक बर्तौला
-
जनमत पार्टीमा विदेशबाट आउने रकममा अनियमितता भएपछि....
-
यूएईलाई हराउँदै विश्वस्तरीय छनोटमा पुग्यो नेपाल