रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
पोखरा । सामाजिक सञ्जालमा सार्वजनिक भएको रवि लामिछानेको हिरासतभित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन भएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।
समितिले ३ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलले जानकारी दिए । ‘समिति गठन भएको छ । समितिले सत्यतथ्य पत्ता लगाएर तीन दिनभित्र प्रतिवेदन दिन्छ,’ उनले भने ।
घटनाको प्रकृति हेर्दा प्रहरीको तर्फबाट गम्भीर लापरबाही भएको देखिने उनले बताए । ‘घटना हेर्दा प्रहरीको तर्फबाटै गम्भीर लापरबाही भएको देखिन्छ । घटना घटाउने व्यक्ति आइडेन्टिफाइ भैसकेको छ,’ उनले भने, ‘कसको गल्ती भएको हो छानबिनले देखाउँछ । गलत गर्नेलाई एक्सन लिन्छौँ ।’
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले छानबिन आन्तरिक रूपमा सुरु भैसकेको बताए । कास्की प्रहरी परिसरभित्र ६ वटा हिरासत कक्ष छन् । २० वटा सीसीटीभी क्यामेराले ती हिरासत कक्षलाई कन्ट्रोल गरेको छ । लामिछाने हिरासतको ‘सिंगल’ कोठामा छन् ।
सार्वजनिक भएको तस्बिर डिसेम्बर १४ तारिखको दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेण्ड जाँदा खिचेको देखिन्छ । तस्बिर सार्वजनिक भएपछि एकातिर मानवअधिकार हनन् र अर्कोतिर प्रहरी परिसरको सुरक्षा थ्रेटलाई उदांगो बनाएको सुरक्षाका जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण