अर्जुनधारा र जापानको तोनो सिटीबिच भगिनी सम्बन्ध स्थापना
झापा । अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबिच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार नगरपालिकामा आयोजित एक कार्यक्रममा अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन र जापानको टोनो सिटीका मेयर काजुहिको ताडाले दुवै भगिनी सम्बन्ध स्थापित गरेर अगाडि बढ्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
कृषि र स्वास्थ्य क्षेत्र साथै विभिन्न क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको नगरप्रमुख गोम्देनले बताए । मैत्रीपूर्ण निमन्त्रणामा जापानको तोनो सिटीका मेयर ताडासहितको ११ जनाको टोली दुईदिने भ्रमणका लागि अर्जुनधारा नगरपालिका आएको उनले बताए । मेयर ताडासहितको टोलीले अर्जुनधारमा स्थापना भएको विपद् केन्द्र र कृषि बजारको स्थलगत अवलोकन पनि गरेको छ ।
जापानको टोलीमा मेयर काजुहिको ताडासहित ‘डाइरेक्टर अफ इण्डष्ट्री डिपार्टमेन्ट मानमी सासाकी, इण्डष्ट्री प्लानिङ डिभिजन चिफ इग्जानमिनर यासुहिको कुराउची, चेरमेन अफ सिटी काउन्सिल तसुतोमु ताडा, भाइस चेयरमेन अफ द स्टाण्डिङ कमिटी अन इन्डस्ट्री एण्ड कन्ट्रक्सन हिरोसी किकोची, स्टाण्डिङ कमिटी मेम्बर फर इण्डष्ट्री एण्ड कन्ट्रक्सन योसियुकी किकुची, प्रेसिडेन्ट एण्ड सिइओ अफ सुकुभा प्रिसिजन यासुसी किकुचीलगायत सहभागी छन् । उनीहरूलाई नगर परिसरमा नौमती बाजासहित स्वागत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन विपद्मा उद्धारका लागि ८ हजार सशस्त्र प्रहरी २४ सै घण्टा ‘स्ट्यान्डबाई’
-
नेप्से परिसूचकमा गिरावट, कारोबार रकम २ अर्ब ८३ करोडमा सीमित
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण