फिफा विश्वकप २०२६
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
बिहीबार, ११ असार २०८३, ०५ : २९
सारांश
- जारी फिफा विश्वकप २०२६ को समूह 'सी' को निर्णायक खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेयमार मैदान छिरेका छन् ।
- स्कटल्याण्ड विरुद्धको खेलमा ३-० को सहज अग्रता भइरहेका बेला खेलको ७६ औँ मिनेटमा नेयमार मैदान छिरेका हुन् ।
- जारी विश्वकपमा नेयमारको यो पहिलो सहभागिता हो ।
काठमाडौँ । अमेरिकाको मियामी स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेयमार मैदान छिरेका छन् । स्कटल्याण्ड विरुद्धको खेलमा ३–० को सहज अग्रता भइरहेका बेला खेलको ७६ औँ मिनेटमा नेयमार मैदान छिरेका हुन् ।
जारी विश्वकपमा नेयमार मैदान छिरेको यो पहिलो पटक हो । यसअघिका खेलहरूमा बेन्चमै रहेका उनी आज ७६ औँ मिनेटमा म्याथियस कुन्हाको स्थानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका हुन् । उनले मैदानमा पाइला टेक्दा रङ्गशालामा उपस्थित हजारौँ समर्थकहरूले ताली र हुटिङका साथ उनको भव्य स्वागत गरेका थिए । समग्र विश्वकपमा याे उनकाे चौथो उपस्तथिति हाे ।
ब्राजिलले भिनिसियस जुनियरको दुई र म्याथियस कुन्हाको एक गोलको मद्दतले खेलमा ३–० को बलियो पकड जमाइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत
-
रास्वपा महाधिवेशन : सभापतिदेखि मन्त्रीसम्मले गरे मतदान (तस्बिरहरू)
-
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व सङ्कलन
-
उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन
-
शम्भुजितलाई दीर्घ साधना, उन्नतिदेखि शिवसम्मलाई सम्मान दिइने
-
कास्कीका पालिकाको बजेट : दबाबमा पोखरा, अरूको पैसा खर्च हुन सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण