अमेरिकामा टर्याे सरकारी कामकाज ठप्प हुने सम्भावना
वाशिङटन डीसी । अमेरिकामा सरकारी कामकाज ठप्प हुने स्थिति टरेको छ । सरकारी कामकाज ठप्प हुन नदिन सांसदहरूले खर्च विधेयक पारित गरेका छन् । तर यसमा राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पले माग गरेअनुसार सङ्घीय कर्जा सीमा बढाउने प्रस्ताव भने समावेश गरिएको छैन ।
शनिबार बिहान राष्ट्रपति जो बाइडेनले विधेयकलाई कानुनमा हस्ताक्षर गरेका छन् । सिनेटले मध्यरातमा ८५ विरुद्ध ११ को मतले विधेयकलाई पारित गरेको थियो । सिनेटमा जानु भन्दा केही घण्टा पहिले नै हाउस अफ रिप्रेजेन्टेटिभ्सले पनि यसलाई ३३६ विरुद्ध ३४ मतले पारित गरेको थियो ।
विधेयक पारित भएसँग मार्च १४ सम्म सरकारी कामकाजका लागि बजेट उपलब्ध भएको छ । विधेयक पारित नभएको भए करोडौं सङ्घीय कर्मचारी अस्थायी रुपमा बेतलबी बिदामा बस्न वा तलब बिनै काम गर्न बाध्य हुने थिए । अमेरिका सरकारको कर्जा ३६० खर्ब डलरमा पुगेको छ ।
विधेयक पारित नभएको अत्यावश्यक बाहेक सबै सरकारी कामकाज ठप्पै हुने थियो । यस अघि खर्च विधेयक पारित हुन नसक्दा सन् २०१९ मा अमेरिका सरकार ३५ दिनसम्म बन्द भएको थियो । यो अमेरिकी इतिहासकै सबैभन्दा बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण