इन्डो–नेपाल मुवाँथाई : सुमित्रा र रिना विजयी
आइतबार, ०७ पुस २०८१, १९ : ५३
काठमाडौँ । सुमित्रा नगरकोटी र रिना माझी इन्डो–नेपाल मुवाँथाई प्रतियोगितामा विजयी भएका छन् । भारतको त्रिपुरामा भएको वान भर्सेस वान फाइटमा दुवैले जित हात पारेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
सुमित्राले महिला ५८ केजी तथा रिनाले महिला ४४ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । सुमित्रा र रिना बाहेक प्रतियोगितामा ४ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए ।
पुरुष ५२ केजीमा सञ्जय राई, ५५ केजीमा निरोज नगरकोटी, ६० केजीमा अकेश केसी र ६३ केजीमा पेम्बा छिरिङ तामाङ पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार, मापदण्ड विपरीत सञ्चालन भएको खुलासा
-
न्याय माग्दै डाक्टरहरूद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री तिमिल्सिना
-
हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण
-
धूमिलका तीन कविता
-
लेबनानमा शान्ति रक्षकको हत्या भएको घटनाको राष्ट्रसङ्घद्वारा निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण