सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको सूचीमा, यस्तो छ कारण
काठमाडौँ । सर्वोच्च अदालतमा सोमबार २४३ थान मुद्दा पेसीमा चढे पनि एक सय एक वटा मुद्दा स्थगितको सूचीमा परेको छ । इजलास तोकिएका कुल मुद्दामध्ये ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको सूचीमा परेका हुन् ।
तीमध्ये धेरैजसो मुद्दा महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट स्थगित भएका हुन् । बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत स्थगितको सूचीमा छन् ।
सोमबार महान्यायाधिवक्ताको कार्यालय स्थापनाको ७४औँ स्थापना दिवस हो । स्थापना दिवसको कार्यक्रम भएकै कारण महान्यायाधिवक्ता कार्यालयले विभिन्न मुद्दा हेर्न नभ्याउने भएर स्थगित गराउनु परेको सो कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सूर्यराज दाहालले रातोपाटीलाई जानकारी दिए ।
दाहालका अनुसार कार्यक्रममा सरकारी वकिल तथा महान्यायाधिवक्ताको मातहतमा रहने अन्य कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को प्रारम्भिक मस्यौदामाथि समेत छलफल गरिँदैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण