सद्भाव थिएटरमा विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' मञ्चन सुरु
काठमाडाैँ । सद्भाव थिएटरले समाजमा सकारात्मक परिवर्तनको उद्देश्यले नेपाली साहित्यका प्रतिष्ठित नाटककार विजय मल्लद्वारा लिखित नाटक 'कोही किन बरबाद होस्' मञ्चन गर्न थालेको छ। यस नाटकलाई रङ्गकर्मी राम के.ए.सी.ले निर्देशन गरेका छन्।
नाटकले बाल मनोविज्ञानजस्तो संवेदनशील विषयलाई उजागर गर्दै व्यक्ति, समाज र देशको सभ्यता तथा समृद्धिमा यसको भूमिका कस्तो रहन्छ भन्ने विषयमा गहन सन्देश दिन्छ। यसले मानिसका विचार, निर्णय र कार्यले व्यक्तिगत तथा सामाजिक जीवनमा पार्ने प्रभावलाई नजिकबाट प्रस्तुत गर्दछ।
यो नाटक सद्भाव थिएटरको 'शिक्षाका लागि रङ्गमञ्च' अभियान अन्तर्गत पिक प्वाइन्ट एडुकेशन नेटवर्कको सहकार्यमा मञ्चन गरिएको हो। अभियानको उद्देश्य विद्यार्थीहरूलाई पाठ्यपुस्तक ज्ञानभन्दा पर व्यवहारिक शिक्षा र नैतिक मूल्यबारे जागरूक गराउनु हो।
नाटकमा पिक प्वाइन्ट एडुकेशन नेटवर्कका विद्यार्थी कलाकारहरूले जीवन्त अभिनयमार्फत पात्रहरूको मनोवैज्ञानिक र सामाजिक पक्षलाई गहिरो रूपमा प्रस्तुत गरेका छन्। विजय मल्लको मौलिक लेखन र राम केएसीको कुशल निर्देशनले यो नाटकलाई थप प्रभावशाली बनाएको छ।
पिक प्वाइन्टका संस्थापक/प्रिन्सिपल विनय श्रेष्ठका अनुसार, नाटकले मनोरञ्जन मात्र होइन, दर्शकहरूलाई समाजमा जिम्मेवार भूमिका निर्वाह गर्न पनि प्रेरित गर्ने अपेक्षा राखिएको छ।
नाटकमा अभिनय गर्ने कलाकारहरूमा यमलाल गोले, सलिम श्रेष्ठ, सेसेमी इजम, समर श्रेष्ठ, आशिष सापकोटा, आइरिस श्रेष्ठ, सामना थापा, अनिशा लामा, आशा श्रेष्ठ, अरूणा श्रेष्ठ, आशिका भण्डारी, मनिषा तामाङ, सिम्रीका गुरुङ, ऋतु अधिकारी र मेलिना गौतम छन्।
सद्भाव थिएटरले यसअघि पुस ०३ गतेदेखि ०६ गतेसम्म राम के.ए.सी.को लेखन र निर्देशनमा नाटक "यशस्वी भव:" मञ्चन गरेको थियो । त्यसको लगतै विजय मल्लको लेखन तथा राम के.ए.सी.कै निर्देशनमा नाटक 'कोही किन बरबाद होस्' पनि मञ्चन ल्याएको हो। यी नाटकहरूको उद्देश्य शैक्षिक अभियानलाई सशक्त बनाउँदै नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो।
२०८१ पुस ८ गते सोमबारदेखि शिल्पशाला कुञ्ज नाटकघर, थापागाउँ, नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको नाटक पुस ११ गतेसम्म हरेक दिन बिहान ११:०० बजे र दिउँसो १:३० बजे मञ्चन हुनेछ।
सद्भावको यो अभियानले नेपाली समाजमा शैक्षिक तथा सामाजिक परिवर्तन ल्याउने विश्वास पिक प्वाइन्ट पब्लिक स्कुलका प्रिन्सिपल ईश्वर के.सी.ले व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण