पाकिस्तानको सैन्य अदालतको फैसलाप्रति अमेरिकाको चिन्ता
वासिङ्टन डीसी । पाकिस्तानको सैन्य अदालतले पूर्व प्रधानमन्त्री इमरान खानका २५ समर्थकलाई जेल सजाय सुनाएको खबर दुई दिनअघि आएको थियो । यस मामिलाबारे अमेरिकाले प्रतिक्रिया दिएको छ ।
‘सन् २०२३ को मे ९ मा भएको विरोध प्रदर्शनमा भाग लिएका पाकिस्तानी नागरिकहरूलाई त्यहाँको सैन्य अदालतले सजाय सुनाएकोमा अमेरिका निकै चिन्तित छ ।’ अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
‘यी सैन्य अदालतहरूमा न्यायिक स्वतन्त्रता र पारदर्शिताको अभाव छ पाकिस्तानी संविधान अन्तर्गत निष्पक्ष सुनुवाइ सुनिश्चित होस् अनि र यस प्रक्रियामा उपयुक्त नियमहरू पालना होस् भनेर अमेरिकाले पाकिस्तानी अधिकारीहरूसँग आह्वान गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पनि यसबारे ट्वीट गरेका छन् । पाकिस्तानले सैन्य अदालतमा पाकिस्तानी नागरिकहरूलाई सजाय सुनाएकोप्रति अमेरिका चिन्तित छ र पाकिस्तानी अधिकारीहरूलाई निष्पक्ष परीक्षण र उचित प्रक्रियाको अधिकारको सम्मान गर्न आह्वान गरेको पनि उलने ट्वीटमा लेखेका छन् ।
के थियो सजाय ?
गत वर्ष सैनिक प्रतिष्ठानमा भएको आक्रमणको मुद्दामा पाकिस्तानको सैन्य अदालतले यी व्यक्तिहरूलाई २ देखि १० वर्षको जेल सजाय सुनाएको छ । इमरान खानलाई भ्रष्टाचारको मुद्दामा अदालतमा पेश गरेपछि सुरक्षा बलले उनलाई पक्राउ गरेको थियो । जसको विरोधमा देशभर प्रदर्शन भएको थियो । खानका हजारौं समर्थकले सरकारी भवन र सैन्य प्रतिष्ठानमा क्षति पुर्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण