असद र श्रीमती अस्माको सम्बन्धविच्छेदसम्बन्धी समाचारको रुसद्वारा खण्डन
मस्को । सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असदकी श्रीमती अस्माले श्रीमानसँग सम्बन्धविच्छेद गर्न चाहेको समाचारलाई रुसले खण्डन गरेको छ ।
टर्कीका सञ्चारमाध्यमले अस्मा अल असद आफ्नो वैवाहिक सम्बन्ध तोडेर रुसबाट बाहिर जान चाहेको खबर छापेका थिए । एउटा पत्रकार सम्मेलनमा यी समाचारको बारेमा सोध्दा रुस सरकारका प्रवत्ता दिमित्री पेस्कोभले यो खबर झुटो भएको र सत्यतासँग यसको कुनै सरोकार नभएको बताएका थिए ।
असद मस्को छाडेर बाहिर गएमा उनीमाथि प्रतिबन्ध लगाइने र उनको सम्पत्ति जफत गरिने समाचारको पनि उनले खण्डन गरेका थिए ।
तर टर्कीको सञ्चार माध्यमले आइतबार असदको परिवार रुसको राजधानी मस्कोमा गम्भीर प्रतिबन्धहरूमा बाँचिरहे, यस्तो स्थितिमा बस्न नसकेर सिरियाकी पूर्व प्रथम महिलाले सम्बन्धविच्छेदको लागि रुसको अदालतमा निवेदन दिएको अनि उनी लन्डन फर्कन चाहेको भनेर समाचारमा छापेको थियो ।
अस्मा अल–असद एक सिरियाली–बेलायती नागरिक हुन् । यस अघि नै बेलायतको विदेशमन्त्रीले अस्मालाई बेलायत फर्कन अनुमति नदिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण