सरकार जनमुखी भएर चल्न सकेन : नेता खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सम्मानित नेता खनालले नेतृत्व संविधानमुखी भएर चल्न नसक्दा समस्याहरू आइरहेको बताए । उनले देशमा शान्ति त्यसै नआउने भन्दै शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्ने बताए । उनले आर्थिक, राजनीतिक समानता स्थापना र मानिसमाथि हुने शोषणको अन्त्य नगरेसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताए ।
सम्मानित नेता खनालले संविधानमा समाजवादउन्मुख भनिएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको र कुनैपनि नेतृत्वले समाजवादको कुराहरू नगरेको बताए । उनले संविधान संशोधन गर्ने भनिरहेको बेलामा संविधान संशोधनमार्फत हटाइदिने आशंका व्यक्त गरे ।
उनले भने, ‘हामीले देशमा शान्ति स्थापना गर्ने आधार बनाउनु पर्छ । जबसम्म आर्थिक समानता, राजनीतिक समानता यि कुरा स्थापना गर्न सकिँदैन, मान्छेले मान्छेलाई गर्ने शोषणलाई जबसम्म अन्त्य गर्न सकिँदैन, हाम्रो संविधानले भनेको हामी समाजवादतर्फ जानुपर्छ भनेर । हो के त्यो समाजवाद भनेको ।’
सम्मानित नेता खनालले २० वर्षसम्म पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएर कार्यान्वयन गर्न नसक्नु दुःखद भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण