अमेरिकामा घरबारविहीनको सङ्ख्या कीर्तिमानी उचाइमा
वासिङ्टन डीसी । अमेरिकामा घरबार नहुनेको सङ्ख्या २०२४ मा यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । घर जग्गाको भाउ आकासिएको, प्राकृतिक विपद् र ठुला सहरहरूमा आप्रवासीको सङ्ख्यामा भएको वृद्धिका कारण समीक्षा अवधिमा घर नहुने जनसङ्ख्या कीर्तिमानी स्तरमा उक्लिएको बताइएको छ ।
सहरी विकास मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार यस वर्ष आश्रयस्थल, अस्थायी घर वा आश्रय नै नभएका मानिसको सङ्ख्या ७ लाख ७० हजार पुगेको छ । गत वर्षको तुलनामा यो १२ प्रतिशत धेरै हो । यो जनसङ्ख्या सन् २००७ मा संघीय सरकारले यस्तो खालको तथ्याङ्क राख्न थाले यताकै धेरै भएको बताइएको छ ।
अस्थायी रूपमा परिवारका सदस्य वा साथीभाइसँग बसिरहेका मानिसहरू यसमा समावेश नगरिएकोले यो सङ्ख्या घट्न सक्ने बताइएको छ । यो तथ्याङ्क एक वर्ष पुरानो भएको र सर्वेक्षण गर्दा खेरिको तुलनामा अहिले अमेरिकी सीमामा घर भाडा र अवस्था दुवै फेरिएकोमा समेत अधिकारीहरूले औँल्याएका छन् ।
परिवार नै घरबारविहीन हुनेको सङ्ख्या एक वर्ष अघिको तुलनामा ३९ प्रतिशतले बढेको अनि १३ स्थानमा यो सङ्ख्या दोब्बर भन्दा धेरै भएको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण