एउटै घरबाट १ अर्ब ७२ करोड रुपैयाँ बढीका गरगहना र ब्याग चोरी
लन्डन । लन्डनका प्रहरीहरूले १ अर्ब ७२ करोड रुपैयाँ भन्दा धेरै मूल्य पर्ने गरगहना र लक्जरी झोला चोरीको घटनामा संलग्न चोर खोजिरहेका छन् । यो बेलायतमा कुनै घरबाट भएको अहिलेसम्मकै ठुलो चोरी भएको बताइएको छ ।
लन्डन महानगरीय प्रहरीले बताएअनुसार राजधानीको एभेन्यू रोडस्थित एक घरभित्र छिरेर चोरले १ अर्ब ७२ करोड ८४ लाख नेपाली रुपैयाँ अर्थात् १ करोड पाउन्ड स्टर्लिङभन्दा बढी मूल्य बराबरको सामान चोरेको थियो ।
डिसेम्बर ७ को साँझ ५ बजेतिर ती चोर दोस्रो तलामा रहेको झ्यालबाट घरभित्र छिरेको भनिएको छ । घटनाको समयमा घरमा कोही पनि नभएको सोमबार प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चोरले १ लाख ५० हजार पाउन्ड स्टर्लिङको गोहीको छालाबाट बनेको हर्मिस ह्यान्ड ब्याग, १५ हजार पाउन्ड नगद र १ करोड ४ लाख पाउन्ड मूल्यको गरगहना चोरेर लगेको प्रहरीले बताएको छ ।
सन्दिग्ध २० देखि ३९ वर्ष उमेर समूहका स्वेत पुरुष भएको प्रहरीले बताएको छ । घटनाको समयमा संदिग्धले आफ्नो अनुहार छोपेको अनि कालो हुडी, कार्गो प्यान्ट र बेसबल ह्याट लगाएको भनिएको छ । चोरिएको सामानमा १० दशमलव ७३ क्यारेटको एउटा हिराको औँठी, पुतली आकारको दुई थान हिराको औँठी आदि रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण