एउटै घरबाट १ अर्ब ७२ करोड रुपैयाँ बढीका गरगहना र ब्याग चोरी

लन्डन । लन्डनका प्रहरीहरूले १ अर्ब ७२ करोड रुपैयाँ भन्दा धेरै मूल्य पर्ने गरगहना र लक्जरी झोला चोरीको घटनामा संलग्न चोर खोजिरहेका छन् । यो बेलायतमा कुनै घरबाट भएको अहिलेसम्मकै ठुलो चोरी भएको बताइएको छ ।
लन्डन महानगरीय प्रहरीले बताएअनुसार राजधानीको एभेन्यू रोडस्थित एक घरभित्र छिरेर चोरले १ अर्ब ७२ करोड ८४ लाख नेपाली रुपैयाँ अर्थात् १ करोड पाउन्ड स्टर्लिङभन्दा बढी मूल्य बराबरको सामान चोरेको थियो ।
डिसेम्बर ७ को साँझ ५ बजेतिर ती चोर दोस्रो तलामा रहेको झ्यालबाट घरभित्र छिरेको भनिएको छ । घटनाको समयमा घरमा कोही पनि नभएको सोमबार प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चोरले १ लाख ५० हजार पाउन्ड स्टर्लिङको गोहीको छालाबाट बनेको हर्मिस ह्यान्ड ब्याग, १५ हजार पाउन्ड नगद र १ करोड ४ लाख पाउन्ड मूल्यको गरगहना चोरेर लगेको प्रहरीले बताएको छ ।
सन्दिग्ध २० देखि ३९ वर्ष उमेर समूहका स्वेत पुरुष भएको प्रहरीले बताएको छ । घटनाको समयमा संदिग्धले आफ्नो अनुहार छोपेको अनि कालो हुडी, कार्गो प्यान्ट र बेसबल ह्याट लगाएको भनिएको छ । चोरिएको सामानमा १० दशमलव ७३ क्यारेटको एउटा हिराको औँठी, पुतली आकारको दुई थान हिराको औँठी आदि रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
-
केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड
-
क्वालिफायर–२ मा वर्षा बाधक, खेल हुन नसके के हुन्छ ?
-
कमल थापा र दिपक सिंह रिहा भएपछि राजेन्द्र लिङ्देनद्वारा स्वागत
-
सर्लाहीको हरिपुरमा आगलागीमा परी चार वर्षीया बालिकाको मृत्यु