र्याप ब्याटल शो ‘ब्याटल भूमि’ सुरु
बुधबार, १७ पुस २०८१, १० : ३३
काठमाडौंँ । नयाँ र्याप ब्याटल शो ‘ब्याटल भूमि’ सुरु भएको छ । ‘नेपहपको श्रीपेच–२’ को सफलतासँगै सोही निर्माता टोलीले ‘ब्याटल भूमि’ सुरु गरेको हो ।
शोको डिजिटल अडिसन सुरु भैसकेको छ । मंगलबार एक कार्यक्रम गर्दै आयोजकले शोको जानकारी दिएको हो । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘ब्याटल भूमि’मा सहभागी हुनका लागि www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्ये उत्कृष्ट ६४ प्रतियोगी चयन गरिनेछन् र छनोट गरिएका सहभागीहरूले जज राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।
डिजिटल अडिसनको लागि बिट श्रीपेच स्टुडियोको युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपि राइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ । विजेताले नगद रु ५ लाख तथा विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टका अवसरहरू प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण