र्याप ब्याटल शो ‘ब्याटल भूमि’ सुरु
बुधबार, १७ पुस २०८१, १० : ३३
_FavdYFgbHY.jpg)
काठमाडौंँ । नयाँ र्याप ब्याटल शो ‘ब्याटल भूमि’ सुरु भएको छ । ‘नेपहपको श्रीपेच–२’ को सफलतासँगै सोही निर्माता टोलीले ‘ब्याटल भूमि’ सुरु गरेको हो ।
शोको डिजिटल अडिसन सुरु भैसकेको छ । मंगलबार एक कार्यक्रम गर्दै आयोजकले शोको जानकारी दिएको हो । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘ब्याटल भूमि’मा सहभागी हुनका लागि www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्ये उत्कृष्ट ६४ प्रतियोगी चयन गरिनेछन् र छनोट गरिएका सहभागीहरूले जज राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।
डिजिटल अडिसनको लागि बिट श्रीपेच स्टुडियोको युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपि राइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ । विजेताले नगद रु ५ लाख तथा विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टका अवसरहरू प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन